कक्षा – ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा – २०८२ को समय तालिका
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित तथा ग्रेडवृद्धि) को समयतालिका
हाम्रो बारेमा
प्रधानाध्यापकद्वारा सन्देश

शिक्षाले हरेक कामलाई सहज तरिकाले सम्पन्न गर्ने क्षमता प्रदान गर्छ, मानव जीवनलाई व्यवस्थित गर्ने चेतना विकास गर्दछ । यहि मान्यतालाई पूर्वी प्युठानका आदरणीय अग्रजहरूले आत्मसाथ गरी वि.स. २०३२ मार्ग २९ गते बर्बोट मैदानमा स्थापना गरिएको प्राथमिक (१-३) विद्यालय र प्युठान चुँजा पञ्चायतको चुदरीखोलामा रहेको खड्गेश्वरी नि.मा.वि.का ४, ५ कक्षा स्थानान्तरण गरी वि.स. २०३४ सालमा हालको भानुभक्त मा.वि स्थापना भएको हो । शिक्षा समय सापेक्ष वा समाजकाे आवश्यकतालाई परिपूर्ति गर्ने खालकाे हुनु पर्छ। साेही मान्यता अनुरूप हाल यहाँ साधारण र प्राविधिक दुवै धारमा कक्षा १२ सम्मकाे शिक्षा प्रदान गरिन्छ। आज शिक्षा महङ्गाे हुँदै गइरहेकाे अवस्थामा ग्रामीण क्षेत्रमा बसाेवास गर्ने विपन्न् वर्गका न्यून आय भएका विद्यार्थीहरूकाे लागि अत्यन्त कम लगानीमा साधारणतर्फ शिक्षा, व्यावस्थापन, मानविकी अन्तरगतका विषय र प्राविधिक धारतर्फ कृषि वाली विज्ञान विषय अध्यायनकाे सुनाैलाे अवसर उपल्वध छ। यस विद्यालयले शैक्षिक, भाैतिक र पर्यावरणीय उन्नतिका लागि ५ वर्षे गुरू याेजना २०७६ - ८० निमार्ण गरी नमूना विद्यालय बनाउन अगाडि बढिरहेकाे जानकारी गराउन चाहान्छु ।
विद्यालयलाई उत्साहित गराउने विद्यार्थीहरू















जीवलाल खत्री
अध्यक्षः विद्यालय व्यवस्थापन समिति

चक्रपाणि पौडेल
प्रधानाध्यापक

टंक प्रसाद आचार्य
सह. प्रधानाध्यापक

दिपक आचार्य
कृषि संयोजक

जयराज जोशी
सुचना अधिकारी
9860334965
jayarajjoshi33@gmail.com
हाम्रा विशेषताहरू
अत्याधुनिक प्रयोगशालाहरूको व्यवस्था
यस भानुभक्त माध्यमिक विद्यालयले भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, कृषि र कम्प्युटर विषयको प्रयोगात्मक कक्षाका लागि अलग अलग उन्नत र उच्च प्राविधिक प्रयोगशालाहरू स्थापना गरेको छ। विद्यार्थीहरूले नियमित रूपमा पाठको सान्दर्भिकता बुझ्दा सिकाइमा सक्रिय रूपमा सहभागी हुन्छन् भन्ने तथ्यलाई ध्यानमा राख्दै यसो गर्दा, उनीहरूले आफ्नो अनुभवलाई प्रतिबिम्बित गर्ने र आफ्नो वरपरको संसारमा ज्ञान र सीप लागू गर्ने आफ्नो सोचलाई सञ्चार गर्ने मौका पाउँछन्।
प्युठान जिल्लाकै पहिलो प्राविधिक विद्यालय
यस विद्यालय प्युठान जिल्लामा प्रथम पटक वि.स. २०७० वैशाख १३ गते प्राविधिक तथा व्यावसायिक शिक्षा संचालन गर्न सम्बन्धन प्राप्त गरी हाल सम्म ९ देखि १२ सम्म संचालन गर्दै आईरहेको छ ।
कृषि अभ्यासको लागि आफ्नै फिल्डको व्यवस्था
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा संचालित प्राविधिक तथा व्यावसायिक धारका विषयहरूको लागि विद्यालय नजिकै आफ्नै फिल्डको व्यवस्था छ। जहाँ विद्यार्थीहरूले सिकेका कुराहरूलाई प्रयोगमा उतार्ने मैका पाउँछन् ।
सैद्धान्तिकको साथसाथै प्रयोगात्मकलाई जोड
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा सैद्धान्तिकको साथै प्रयोगात्मक क्रियाकलापहरूलाई पनि जोड दिदै आईरहेका छौं।
दक्ष, अनुभवि र तालिमप्राप्त शिक्षकबाट अध्यापन
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा दक्ष, तालिम प्राप्त र अनुभवि शिक्षक तथा प्रशिक्षकहरूबाट अध्यापन गराईन्छ ।
शान्त एवम् मनोरम वातावरणमा पठन पाठन
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा शान्त एवम् मनोरम वातावरणमा पठन पाठन हुन्छ।
दश भन्दा बढि अक्षयकोष दाताहरू रहनुभएको
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा हाल सम्म ११ जना अक्षयकोष दाताहरू रहनुभएको छ। जसबाट विद्यालयमा अध्यायनरत जेहेन्दार, विपन्न, असाय तथा उत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक वर्ष वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा छात्रवृत्ति र प्रमाणपत्र प्रदान गरिदै आईएको छ ।
शैक्षिक गतिविधिलाई आधुनिक गर्न इन्टरनेट
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा शैक्षिक गतिविधीहरूलाई सहज एवम् सरल बनाउनको लागि ……… एम.वि.पि.एस. क्षमताको इन्टरनेट जडान गरिएको छ।
नियमित शैक्षिक क्यालेन्डर निर्माण र कार्यन्व्यन
यस श्री भानुभक्त माध्यमिक विद्यालयले नियमित रुपमा शैक्षिक क्यालेन्डर(पात्रो) निर्माण गरी त्यसलाई कार्यन्व्यन गर्दै आएको छ ।
सुविधा सम्पन्न होस्टेलको व्यवस्था
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा टाढाबाट आउने विद्यार्थीहरूको लागि सुविधा सम्पन्न होस्टेलको व्यावस्था गरेको छ।
जंक फुडलाई निषेध गर्न क्यान्टिनको व्यवस्था
यस विध्यालयले जंक फुडलाई निषेध गर्नको लागि विद्यालयको हाता भित्रै क्यान्टिनको व्यवस्था गरेको छ ।
खेलकुदको लागि विद्यालयमा खेल मैदान रहेको
यस श्री भानुभक्त माध्यमिक विद्यालयमा खेलकुदको लागि खेल मैदान रहेको छ।
