दूरदृष्टी
यस विद्यालयलाई नमूना (साधारण तथा प्राविधिक शिक्षा प्रदान गर्ने) विद्यालयको रुपमा स्थापित गर्न वालमैत्री वातावरण सिर्जना गरी कामप्रति सकारात्मक सोंच भएका रोजगारउन्मुख, प्रतिस्पर्धी र लगनशील जनशक्ति उत्पादन गर्ने उत्कृष्ट शैक्षिक थलोको रुपमा विकास गरिनेछ ।
लक्ष्य
- स्थानीय श्रम, श्रोत र साधनको अधिकतम परिचालन गर्ने
- विद्यालय व्यवस्थापनलाई समय सापेक्ष, प्रविधिमैत्री, वालमैत्री र चुस्त–दुरुस्त बनाउने ।
- सिकाइलाई वालमैत्री र प्रभावकारी बनाइ उच्च सक्षमता हासिल गर्ने ।
- विद्यालय र कक्षाकोठाको सिकाइ वातावरणलाई स्वच्छ, स्वस्थ, खोजमूलक र प्रविधिमैत्री बनाउने ।
- अधिकतम विद्यार्थीहरुको शैक्षिक आवश्यकता पूरा गर्न सक्ने विद्यलयको रुपमा स्थापित गरी जिल्लाभित्रका र छिमेकी जिल्लाका विद्यार्थीहरुको पहुँच वढाउने ।
- शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धलाई सुदृढ गरी अपनत्वको भावना बढाउने ।
उद्देश्य
- औषत सिकाइ उपलब्धि वृद्धि गर्ने ।
- शिक्षण सिकाइलाई वालकेन्द्रित गरी प्रभावकारी सिकाइ वातावरण तयार गर्ने ।
- शैद्घान्तिक ज्ञानको साथसाथै व्यवहारिक ज्ञान, सीप र क्षमताको अभिवृद्घि गर्ने ।
- प्राविधिक तथा व्यवसायिक शिक्षालाई श्रमसँग जोडी स्वरोजगार उन्मुख जनशक्ति उत्पादन गर्ने ।
- पहुँच पुगेको विद्यालयको रुपमा स्थापित गर्ने ।
