युवा रेडक्रस सर्कलले गाउँपालिकाको माध्यमिक तह स्तरिय वादविवाद प्रतियोगिता सम्पन्न ।

युवा रेडक्रस सर्कल भानुभक्त माध्यमिक बिध्यालय बर्बोट प्युठानको आयोजनामा मल्लरानी गाउँपालिकाको माध्यमिक तह स्तरीय ‘धन भन्दा मन ठुलो’ शिर्षकमा वादविवाद प्रतियोगिता आज सम्पन्न भएको छ | नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा प्युठानका सदस्य दुर्गा बहादुर थापाको प्रमुख आतिथ्यता साथै यसै बिधालयका बि ब्य स अधक्ष्य जीबलाल खत्री र नेपाल रेडक्रस सोसाईटि धरमपानी उपशाखा सभापति मोति पौडेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन यसै बिध्यालयका शिक्षक नायक दिपेन्द्र पौडेलले गर्नुभएको थियो | कार्यक्रममा ५ बिध्यालयले सहभागिता जनाएकोमा जनजागृती मा बि कसेरिकि छात्रा प्रथम , भानुभक्त मा बि बर्बोटकि छात्रा द्वितीय र शारदा मा बि चौरपानीकि छात्राले तृतीय स्थान हासिल गर्नुभएको थियो | बिध्यालयका प्रधानाध्यापक चक्रपाणि पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दा शिक्षाप्रेमिहरु लेखनाथ पौडेल , राम प्रसाद पोख्रेल र सारदा आचार्यले निर्णायकको भुमिका प्रदान गर्नुभएको थियो | कक्षा ९ कि छात्रा अञ्जिता खत्रीले स्वागत मन्तब्य र सभाका सभापति कक्षा ११ का मनिस पौडेलले समापन गर्नुभएको कार्यक्रममा बिभिन्न बिधार्थिहरुले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अन्य पोष्टहरू