स्वर्ण महोत्सव मूल आयोजक समितिको बैठक सम्पन्‍न।

भानुभक्त माध्यमिक विद्यालय मल्लरानी – ३ बर्बोट, प्युठानको २०८२ मङ्सिर २९ देखि सुरू हुने स्वर्ण महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको बैठक मिति २०८२ भाद्र ३१ गते सम्पन्न भएको छ।

बैठकले हालसम्म भए गरेका स्वर्ण महोत्सव सम्बन्धी कार्य प्रगतिको समीक्षा गरेको छ। अभिलेख तयारी, पत्रकार सम्भेलन मार्फत कार्यक्रम सार्वजनिक, आर्थिक अभियान अन्तरगत भेटघाट, मल्लरानी गा. पा.मा भवनहरू रङ्‍रोगन गर्न बजेट माग गरेको र विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारीहरू र पूर्व विद्यार्थी (देश, विदेशमा रहनु भएका) बाट सहयोग अभियान अगाडि बढेको समीक्षा गरियो। मिति २०८२ भाद्र ३१ सम्मन करिब ९ लाख सहयोग प्राप्त भएको छ।

सूचनाहरू मिडिया डेक्सका साथीहरूले छिटो – छिटो सार्वजनिक गर्ने गरेको, सम्पर्क बढ्दै गएको छ। स्मारिका प्रकाशनका सामग्री संकलन गर्दै गरिएको २०८२ असौज २२ गते स्मारिक प्रकाशन तयारी समितिको बैठक आयोजना गर्ने, २०८२ आश्‍विन २ गते देखि आर्थिक अभियान बुटबल देखि सुरू गरी देउखुरी, दाङ्ग, घोराहीमा रहेका पूर्व विद्यार्थी र शिक्षा प्रेमी सहयोगीहरूसंग सहयोग अपील गर्ने र २०८२ आश्‍विन १७ गते देशका विभिन्‍न भागमा पेशाको सन्दर्भ वा अध्यायनको सन्दर्भमा देश विदेशबाट घर आउनु भएका पूर्व विद्यार्थीहरूको विद्यालयमा राखिएको भेटघाट कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्ने निर्णय भएको छ।

धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अन्य पोष्टहरू