आज मिति २०८२/५/३१ गते यस भानुभक्त माध्यमिक विद्यालयमा सामाजिक परिक्षण भेला सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतामा , पुर्ब जि.बि.स. सभापति बोम बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बि.ब्य.स अध्यक्ष जिबलाल खत्री ,मल्लरानी गाउपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्य , मल्लरानी गा.पाका सस्थापक अध्यक्ष तथा पुर्ब बि.ब्य.स. अध्यक्ष अमरध्वज राना, पुर्व प्र.अ. लेखनाथ पौडेल , पुर्ब बि.ब्य.स का.बा अध्यक्ष फन बहादुर पुन, समाजसेबी राम प्रसाद पोख्रेल , बि.ब्य.स. तथा सि.अ.स.का सद्स्यहरु, शिक्षक,अभिभावक ,बिद्यार्थी लगायत अन्य अतिथीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख अतिथि तथा वि.व्य.स. अध्यक्ष बाट पानसमा बत्ती बाली कार्यक्रमको समउदघाटन गरिएको थियो। साथै कार्यक्रममा यस वर्षको एस.इ.इ परिक्षामा जिल्ला प्रथम हुन सफल प्रज्वल पौडेललाई नगद सहित सम्मान समेत गरिएको छ । समाजिक परिक्षण प्रतिबेदन प्रस्तुत तथा सूझाव संकलन हुदै कार्यक्रमका अध्यक्ष श्री खेमराज पोख्रेल बाट महत्वपूर्ण सुझाव सहित कार्यक्रम सम्पन्न भयको छ।






