आज मिति २०८२/०३/२९ गतेका दिन आदिकबी भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती मनाइएको छ । बिधालय व्यवस्थापन समितीका अध्यक्ष जिबलाल खत्रीको अध्यक्षतामा सन्चालन भएको यस कार्यक्रममा मल्लरानी गाउपालिकाका प्युठानका अध्यक्ष कृष्ण खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथिहरुमा पुर्ब जिल्ला बिकास समितिका सभापति एबं यस बिधालयका पुर्ब वि.ब्य.स. अध्यक्ष बोम बहादुर खत्री ,मल्लरानी गाउपालिकाका पुर्ब अध्यक्ष एबं पुर्ब वि.ब्य.स. अध्यक्ष अमरधोज राना मगर ,साहित्य परिषद प्युठानका उपाध्यक्ष धुर्ब गिरि ,साहित्य परिषद प्युठानका पुर्ब अध्यक्ष गेहरज थापा ,राप्ती साहित्य परिषदका अध्यक्ष तथा भानुभक्त आचार्यको सालिक निर्माण सहयोगदाता रामप्रसाद पोख्रेल , स्वर्गद्वारी क्याम्पस प्युठानका उपप्राधायक रामकृष्ण शर्मा ,लुम्बिनी व्यङ्ग्यका उपाध्यक्ष सुमन सुबेदी ,साहित्य प्रेमी डिमराज पोख्रेल ,साहित्य परिषद प्युठानका सल्लाहकार कमल पोख्रेल रहनु भएको थियो । साथै अतिथीहरुमा मल्लरानी गा.पा वडा न.३ का अध्यक्ष नोमराज पौडेल , मल्लरानी गा.पा वडा न.३ का पुर्ब अध्यक्ष एबं पुर्ब वि.व्य.स. अध्यक्ष गिरिराज पौडेल ,मल्लरानी गा.पा वडा न.२ का वडा सदस्य गणेश जिसि , पुर्ब वि.व्य.स. का.बा. अध्यक्ष फन बहादुर पुन , पुर्ब प्र.अ लेखनाथ पौडेल , प्र.अ चक्रपाणी पौडेल लगाएत रहनुभएको थियो । साथै कार्यक्रमको सन्चालन शिक्षक दीपेन्द्र पौडेलले गर्नु भएको थियो ।
यस कार्यक्रमको सुरुवात रास्ट्रीय गान बाट भएको थियो भने उद्घाटन भानुभक्त आचार्यको सालिकमा टीका तथा मालयार्पन गरि गरिएको थियो । साथै कार्यक्रममा उपस्तिथि विभिन्न अतिथिहरु ले आफू रचित कविता समेत बाचन गर्नु भएको थियो ।
यस कार्यक्रमको अबसरमा बिधालय स्तरिय भानुभक्त आचार्य जन्मज्यन्ती विशेष कबिता बाचन प्रतियोगिता समेत राखिएको थियो भने ७ जना प्रतियोगिहरुको सहभागीता रहेको थियो । यस प्रतियोगितामा जनकल्याण आ.बि. चौथिलगाउनी कि बिनिता पुन प्रथम भएकी छिन भने जनजागृती मा.बि. कसेरी कि अनिस्मा खड्का द्वितीय , सारद मा.बि. चौरपानीकि बन्दना पोख्रेल तिर्तिय,महेन्द्र मा.बि खलंगा कि प्रसंसा पौडेल सान्त्वना भएकी छन । साथै बिजेताहरुलाई टिका, नगद,प्रमाणपत्र सहित सम्मान गरिएको छ ।





















